काठमाडौं । भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न आग्रह गरिएको छ।

अध्यागमन विभागले आजदेखि कात्तिक १४ गतेसम्म जोखिमयुक्त उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको जनाइएको छ। साथै, यस अवधिमा निषेधित क्षेत्रमा जाने पदयात्राका लागि अनुमति जारी नगरिने बताइएको छ।

सम्भावित प्राकृतिक विपद्बाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न पदयात्री, पर्यटक तथा सम्बन्धित निकायलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here