मकवानपुरको बकैया गाउँपालिका–५ तिनतल्ले फास्ट्याक नजिक मदन भण्डारी लोकमार्गमा डिजेल बोकेको ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बिहीबार साँझ करिब ७:३० बजे हेटौँडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको ना.६ ख २९४९ नम्बरको डिजेल लोड ट्याङ्कर अनियन्त्रित भई सडकको बायाँ साइडमा पल्टिएको थियो। दुर्घटनामा ट्याङ्कर चालक च्यापिएका थिए।

प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो। राति करिब १० बजे चालकलाई ट्याङ्करबाट निकाल्दा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ निवासी करिब ४० वर्षीय रमेश कुमार रायमाझी रहेका छन्। उनको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here