Screenshot

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिका–८ ईपादेउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ७:३० बजे ईपादेउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा ईपाबाट हेटौँडातर्फ आउँदै गरेको नाै, बा २ ख ९४३० नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा भीमफेदी गाउँपालिका–८ ईपा निवासी अन्दाजी ६३ वर्षीया लिला देवी खत्रीको मृत्यु भएको हो।

प्रहरीका अनुसार बसमा सवार रहेकी खत्री गाडीबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो पार गर्ने क्रममा सोही बसले ठक्कर दिएको थियो। ठक्करबाट टाउकोमा चोट लागेकी खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिक प्रहरीसहित २० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोली बिहान ८:५५ बजे घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको र बस चालक भीमफेदी गाउँपालिका–७ कोगटे निवासी ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको जनाइएको छ।

घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here