साउन,३-

एमाले महासचिव शंकर पोखरलेले पपुलिस्टहरू असफल भएपछि त्यो जनमत मूलधारको राजनीतितर्फ फर्काउने चुनौती रहेको बताएका छन् । आइतबार पार्टी कार्यालयमा सांसद प्रशिक्षण कार्यक्रममा पोखरेलले रास्वपा असफल हुँदैमा पुरानै दलतर्फ जनमत फर्किने ग्यारेन्टी भने नभएको बताए । ‘उनीहरूको असफलतामा हामी सफल हुन्छौँ भनेर ढुक्क भएर बस्यौँ भने, एउटा पपुलिज्मको ठाउँमा अर्को पपुलिज्मले ठाउँ लिन खोज्छ । आजको पपुलिस्ट शक्ति असफल भइसकेपछि मूलधारको राजनीतितर्फ जनमत फर्किन्छ भन्ने ग्यारेन्टी नहुन सक्छ,’ पोखरेलले भने ।

पोखरेलले अस्वाभाविक ढंगले उदाएको रास्वपाको अवसानको जोखिम पनि उत्तिकै रहेको बताएका छन् । ‘जुन शक्ति (रास्वपा) अहिले राज्यको नेतृत्वमा छ, पपुलिज्म, एनार्किजम र अपच्र्युनिजमको कम्बिनेसनको रूपमा निर्माण भएको शक्ति, लामो समयसम्म जनताका अपेक्षा पूरा गरेर स्थिर भएर बस्न सक्ने प्रकृतिको शक्ति होइन,’ पोखरेलले भने, ‘जति छिटो यसको विकास भएको छ, त्यति छिटो यसको अवसानको जोखिम पनि छँदै छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here