
मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित अघोर बजार नजिक त्रिभुवनराजपथको सडक भासिएपछि सवारी आवतजावत प्रभावित भएको छ।
सडक भासिएसँगै उक्त क्षेत्रमा सवारी सञ्चालनमा कठिनाइ भएको प्रहरीले जनाएको छ। सडकलाई सहज रूपमा सञ्चालनमा ल्याउन प्रहरी र सडक विभागको समन्वयमा वैकल्पिक ट्र्याक निर्माणको पहल भइरहेको छ।
हाल भने उक्त सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको जनाइएको छ।
