मकवानपुर — मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरास्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा यात्रुवाहक EV गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार दिउँसो करिब २ बजे काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक EV गाडी सडकबाट अन्दाजी   हजार मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। मृत्यु हुनेमा गाडीका चालकसमेत रहेको बताइएको छ।

त्यस्तै, दुर्घटनामा घाइते भएका दुई पुरुष र दुई महिला गरी चार जनाको उद्धार गरिएको छ। घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौँ पठाइएको तथा एक महिलालाई हेटौँडातर्फ पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी चौकी खानिखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जना, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीसमेत उद्धारका लागि परिचालन गरिएको थियो।

प्रारम्भिक विवरणअनुसार EV गाडीमा चालकसहित ८ जना सवार रहेको बुझिएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here