साउन,४-

‘आरआरआर’ निर्देशक एस.एस. राजामौलीको बहुप्रतीक्षित फिल्म ‘वाराणसी’ बाट अभिनेत्री प्रियंका चोपडाको फर्स्टलुक सार्वजनिक गरिएको छ। शनिबार प्रियंकाको जन्मदिन पारेर निर्माण टिमले दुई नयाँ तस्बिर सार्वजनिक गरेको हो। तस्बिरमा प्रियंकालाई ‘मन्दाकिनी’ पात्रका रूपमा प्रस्तुत गरिएको छ। एक्सन-एड्भेन्चर शैलीको यो फिल्मको कथा हजारौं वर्ष फैलिएको समयरेखामा आधारित छ। फिल्मको कथा अन्टार्कटिकादेखि अफ्रिका हुँदै भारतको वाराणसीसम्म विभिन्न स्थानमा अघि बढ्ने बताइएको छ। ‘वाराणसी’मा महेश बाबु, प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन मुख्य भूमिकामा छन्। यो राजामौलीको विश्वव्यापी सफल ‘आरआरआर’ पछि आउन लागेको नयाँ फिल्म हो।  ‘वाराणसी’ सन् २०२७ अप्रिल ७ मा विश्वभर एकसाथ प्रदर्शनमा आउने तयारीमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here