साउन,५-

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ नामक अभियान घोषणा गर्दै आफ्नो १७औँ वार्षिकोत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवका अवसरमा गुणस्तरीय इन्टरनेट सेवासँगै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याएको छ । कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान हो ।

अभियानअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । त्यस्तै, अनमोल चिल्ड्रेन डेभलपमेन्ट होम (एसीडीएच) लाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा तथा एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीले १७ वर्षको यात्रामा साथ दिने ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here