काठमाडौं । प्रहरीले ६६० किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङ रहेका छन्। उनीहरूलाई बुधबार अपराह्न प्रहरीले पक्राउ गरेको हो।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शङ्का लागेपछि नरबहादुरको घरमा तलासी लिएको थियो। तलासीका क्रममा २६ वटा बोरामा राखिएको ५६० किलोग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रमबाट थप १०० किलोग्राम गाँजा बरामद भएको थियो।

प्रहरीले बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here