
धनगढी । कैलालीमा दुई लाख रुपैयाँ घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका एक सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, महेन्द्रनगरबाट खटिएको टोलीले बमलाई बिहीबार दुई लाख रुपैयाँ घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
