
नवलपरासी पूर्व । प्रहरीले नवलपरासी पूर्वको कावासोती–८ स्थित फलफूल चोकबाट भन्सार छलीका सामान बरामद गरेको छ।प्रहरीका अनुसार बिलबिजक नभएका कुर्था–सुरुवाल, साडी तथा विभिन्न किसिमका कपडासहित करिब ६२ लाख ५० हजार ५०० रुपैयाँ बराबरका सामान बरामद गरिएको हो।
बरामद सामान ओसारपसारमा प्रयोग भएको ट्रक र चालकलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
