
अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीको दोस्रो ऐतिहासिक सम्मेलनबाट रिजन जीसीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ।
सम्मेलनले विद्यार्थीका हकहित, शैक्षिक सुधार तथा संगठनलाई थप मजबुत बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको हो। जीसीको नेतृत्वमा निर्वाचित नयाँ कार्यसमितिले हेटौंडा उपमहानगर क्षेत्रका विद्यार्थीका समस्या तथा सवाललाई प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ।
नयाँ कार्यसमितिले विद्यार्थीको शैक्षिक, सामाजिक तथा सांगठनिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै विद्यार्थीका अधिकार र अवसरका विषयमा आवाज उठाउने प्रतिबद्धता जनाएको छ। साथै, विद्यालय तथा क्याम्पस तहमा संगठन विस्तार गर्दै विद्यार्थी आन्दोलनलाई थप व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने लक्ष्य लिइएको छ।
सम्मेलनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ नेतृत्वले विद्यार्थीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्दै संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने विश्वास गरिएको छ।
