रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। अहिलेसम्म १७७ जनाको शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले जानकारी दिएका छन्। बाढीपछि नदी तटीय क्षेत्रमा शव भेटिने क्रम जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनमा मात्रै ५२ जनाको शव भेटिएको छ।

उनका अनुसार बागमती प्रदेशका विभिन्न जिल्लामा हालसम्म १०६ जनाको शव फेला परेको छ। गण्डकी प्रदेशअन्तर्गत गोरखा र पूर्वी नवलपरासीका नदी तटीय क्षेत्रमा समेत शव भेटिएका छन्। ती शवलाई प्रहरीले निकालेर पहिचानको प्रयास गरिरहेको जनाएको छ। बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा १७ र धादिङमा २१ जनाको मृत्यु भएको एसएसपी धमलाले जानकारी दिए।

बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ भने नदी तटीय क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here