उदयपुर — उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारबाट प्रहरीले १ हजार १२२ किलोभन्दा बढी गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शान्तिवन वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ५२ बोरामा रहेको १ हजार १२२ दशमलव ६७ किलोग्राम गाँजा बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंले वन क्षेत्रमा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद गरिएको जानकारी दिए। प्रहरीले गाँजासहित ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगरलाई पक्राउ गरेको छ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ। उनीहरूमाथि गाँजा ओसारपसार तथा कारोबारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, गाँजा ओसारपसारमा प्रयोग भएको आशंकामा प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here