हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले रसुवा र नुवाकोटका भोटेकोसी बाढी प्रभावित स्थानीय तहलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले रसुवाका गोसाइँकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका तथा नुवाकोटका आमाछोदिङ्मो, कालिका र किस्पाङ गाउँपालिकालाई जनही १ लाख रुपैयाँका दरले सहयोग उपलब्ध गराउने भएको हो। पाँचवटै स्थानीय तहलाई गरी कुल ५ लाख रुपैयाँ सहयोग प्रदान गरिने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए।

अध्यक्ष लामाका अनुसार सहयोग रकम गाउँपालिकाका जनप्रतिनिधिको पारिश्रमिकबाट गरिएको सहयोग, कर्मचारीको स्वेच्छिक योगदान तथा गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिनेछ।
यसैगरी, भोटेकोसी बाढीका कारण मृत्यु भएका तथा बेपत्ता भएका भीमफेदी गाउँपालिकाभित्रका परिवारलाई समेत प्रचलित कार्यविधि र मापदण्डअनुसार राहत उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा बाढी प्रभावित स्थानीय तह तथा पीडित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष लामाले बताए।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here