
हेटौंडा । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। खोजी तथा उद्धारमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार सुरुङभित्रबाट एक जनालाई जीवितै उद्धार गरिएको हो।
आज बिहान खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि नेपाली सेनासहितको उद्धार टोलीले खोजी तीव्र बनाएको थियो। त्यसक्रममा एक जनाको जीवितै उद्धार गर्न सफल भएको इन्जिनियर न्यौपानेले बताएका छन्।
सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने आशंकामा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
