रसुवा । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस परिसरमा तीन जनाको शव फेला परेको छ। आयोजनाका म्यानेजिङ डाइरेक्टर बाबुराजा महर्जनका अनुसार उद्धारकर्मीले पावर हाउसभित्र तीन वटा शव फेला परेको जानकारी दिएका छन्। उनी आफैँ पनि अहिले आयोजनास्थलमै रहेको उनले बताए।

यसअघि आयोजनाको पावर हाउस तथा गेटमा कार्यरत ६ जना कर्मचारी सम्पर्कविहीन भएका थिए। उनीहरू पावर हाउस तथा आसपासको संरचनाभित्रै फसेको आशंका गरिएको थियो।

घटनास्थलमा नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार एक शव बाहिर निकालिसकिएको छ भने अन्य शव निकाल्ने कार्य जारी रहेको छ।

सम्पर्कविहीन कर्मचारीको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले तीव्रता दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here