उदयपुर । चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा श्रीमान्को धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४५ वर्षीया विमला राईलाई धारिलो हतियार (सिकल) प्रहार गरेका थिए। गर्दनमा सिकल प्रहारबाट गम्भीर घाइते भएकी विमलाको उपचारका क्रममा मृत्यु भएको हो।

घटना राति करिब १२ः३० बजे भएको जनाइएको छ। घटनापछि गन्दु राम आफैँ प्रहरी पोष्ट माडिबास, उदयपुरमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।

घाइते विमलालाई प्रहरी हवल्दारको कमान्डमा खटिएको दुई सदस्यीय प्रहरी टोलीले तत्काल नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। उनको उपचारका क्रममा राति १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here