भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै चक्रवात ‘अर्नब’ तटमा प्रवेश गरेको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसाका विभिन्न क्षेत्रमा भारी वर्षासँगै तीव्र हावाहुरी चलेको छ।

मौसम विभागका अनुसार पछिल्लो ६ घण्टामा चक्रवात करिब ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको थियो। यो सेप्टेम्बर २३ राति ११ बजेदेखि सेप्टेम्बर २४ राति १ बजेको बीचमा कलिंगपट्टनमको दक्षिण–पश्चिमी तट पार गरेको जनाइएको छ।

चक्रवातको प्रभावका कारण विभिन्न क्षेत्रमा प्रतिघण्टा ७५ किलोमिटरसम्मको गतिमा हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि लगातार वर्षा भइरहेको छ। भारी वर्षाका कारण होचा भूभाग जलमग्न भएका छन् भने विजयवाडाका अधिकांश विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ।

ओडिसामा पनि चक्रवातको प्रभाव व्यापक देखिएको छ। जोखिममा रहेका करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। मलकानगिरीमा भारी वर्षाका कारण केही पुल बगेका छन् भने कतिपय पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको बताइएको छ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै ओडिसाका कम्तीमा ७ जिल्लामा विद्यालय बन्द गरिएको छ। सरकारी कर्मचारीहरूको बिदासमेत रद्द गरिएको छ। राहत तथा उद्धारका लागि ११ जिल्लाका कलेक्टरलाई आवश्यक तयारी पूर्ण अवस्थामा राख्न निर्देशन दिइएको छ।

यसैबीच, पश्चिम बंगालका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ।न्ध्र प्रदेशमा चक्रवातको असर, भारी वर्षासँगै जनजीवन प्रभावित

भारतको आन्ध्र प्रदेशस्थित श्रीकाकुलम जिल्लाको कलिंगपट्टनम नजिकै चक्रवात ‘अर्नब’ तटमा प्रवेश गरेको छ। चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसाका विभिन्न क्षेत्रमा भारी वर्षासँगै तीव्र हावाहुरी चलेको छ।

मौसम विभागका अनुसार पछिल्लो ६ घण्टामा चक्रवात करिब ३ किलोमिटर प्रतिघण्टाको गतिमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको थियो। यो सेप्टेम्बर २३ राति ११ बजेदेखि सेप्टेम्बर २४ राति १ बजेको बीचमा कलिंगपट्टनमको दक्षिण–पश्चिमी तट पार गरेको जनाइएको छ।

चक्रवातको प्रभावका कारण विभिन्न क्षेत्रमा प्रतिघण्टा ७५ किलोमिटरसम्मको गतिमा हावाहुरी चलेको छ। एनटीआर जिल्लाको विजयवाडामा बिहानैदेखि लगातार वर्षा भइरहेको छ। भारी वर्षाका कारण होचा भूभाग जलमग्न भएका छन् भने विजयवाडाका अधिकांश विद्यालयमा लगातार दोस्रो दिन पनि बिदा घोषणा गरिएको छ।

ओडिसामा पनि चक्रवातको प्रभाव व्यापक देखिएको छ। जोखिममा रहेका करिब ५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। मलकानगिरीमा भारी वर्षाका कारण केही पुल बगेका छन् भने कतिपय पुलमाथि ३ देखि ४ फिटसम्म पानी बगिरहेको बताइएको छ।

चक्रवातको जोखिमलाई ध्यानमा राख्दै ओडिसाका कम्तीमा ७ जिल्लामा विद्यालय बन्द गरिएको छ। सरकारी कर्मचारीहरूको बिदासमेत रद्द गरिएको छ। राहत तथा उद्धारका लागि ११ जिल्लाका कलेक्टरलाई आवश्यक तयारी पूर्ण अवस्थामा राख्न निर्देशन दिइएको छ।

यसैबीच, पश्चिम बंगालका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ र कलिम्पोङ क्षेत्रमा पहिरोको चेतावनी जारी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here