हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपक रेग्मी र मातहतका कार्यालय प्रमुखहरूबीच आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतका प्रहरी कार्यालय तथा इकाइ प्रमुखहरूसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको हो । सम्झौतामा बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, बागमती प्रदेश प्रहरी गण हेटौंडा, बागमती प्रदेश प्रहरी अस्पताल, बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, नेपाल पुलिस स्कुल शान्तिपुर चितवन तथा रसुवाबाहेक प्रदेशअन्तर्गतका ९ जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू सहभागी थिए ।

सम्झौतापछि डीआईजी रेग्मीले शान्ति सुरक्षा कायम, प्रहरी कार्यसम्पादन, अपराध अनुसन्धान, विपद् व्यवस्थापन, प्रहरी आचरण तथा सुशासनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो ।

उहाँले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न र कार्यसम्पादन सम्झौतामा निर्धारित लक्ष्य हासिल हुने गरी जिम्मेवारी पूरा गर्न मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो ।
कार्यक्रममा चालु आर्थिक वर्षका लागि निर्धारित लक्ष्य तथा कार्यसम्पादनका प्राथमिकताबारे समेत सम्बोधन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here