
मकवानपुर । नेपाल भ्यालुयर्स एसोसिएसन, मकवानपुर च्याप्टरको दोस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट इन्जिनियर अनिल बानियाँ अध्यक्षमा निर्वाचित भएका छन्।
अधिवेशनबाट उपाध्यक्षमा इन्जिनियर रवि आचार्य, सचिवमा इन्जिनियर सौरभ सुवेदी र कोषाध्यक्षमा इन्जिनियर असगर अन्सारी निर्वाचित भएका छन्।
त्यसैगरी, सदस्यहरूमा इन्जिनियर प्रकृति महर्जन, इन्जिनियर कृष्ण अधिकारी, इन्जिनियर अर्नल खतिवडा, इन्जिनियर दिवश चौधरी र इन्जिनियर भावुक नेपाल निर्वाचित भएका छन्।
अध्यक्षमा निर्वाचित बानियाँले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा एसोसिएसनका सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्। उनले मूल्याङ्कन क्षेत्रमा कार्यरत अग्रज तथा वरिष्ठ मूल्याङ्कनकर्ताहरूको अनुभव र मार्गदर्शनलाई आत्मसात् गर्दै नयाँ पुस्ताको ऊर्जा तथा सक्रियतासहित संस्थालाई अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
मूल्याङ्कनकर्ताहरूको हकहित संरक्षण, व्यावसायिक मर्यादाको प्रवर्द्धन, पेशागत विकास र संस्थागत एकतालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन्।
संस्थालाई थप सुदृढ, व्यवस्थित र मूल्याङ्कनकर्ताहरूको साझा आवाजका रूपमा स्थापित गर्न सबै सदस्यको साथ, सहयोग र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
नवनिर्वाचित कार्यसमितिले सामूहिक प्रयास र आपसी समझदारीका माध्यमबाट संस्थालाई थप प्रभावकारी बनाउँदै मूल्याङ्कन पेशाको विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
