साउन,३-

सिद्धार्थ बैंकले ग्राहकको तत्कालको वित्तीय आवश्यकतालाई सहज सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना ‘सिद्धार्थ गोल्ड लोन’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले आफ्नो सुन तथा सुनका गरगहना धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ‘धितो राखिने सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिनेछ’ बैंकले विज्ञप्तिमा भनेको छ, ‘यस सुविधामार्फत ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्नेछन् ।’ ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौंस्थित न्यूरोड गेट शाखाबाट उपलब्ध हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here